भारतमा घर भत्किदाँ ३३ जनाको मृत्यु

एजेन्सी, भदौ १६ । बिहीबार भारतको प्रमुख सहर मुम्बइको भेन्दी बजारमा एउटा व्यापारिक भवन भत्किदा ३३ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन । उक्त घटना सहरको निकै व्यस्त क्षेत्रमा भएको हो ।

उद्दारकर्ताका अनुसार घरमा पुरिएका मध्ये एक दर्जन बढीको शव निकालिएको छ । भने शुक्रबार पनि उद्दार कार्य जारी छ ।

११७ वर्ष पुरानो उक्त भवनलाई यसअघि नै बस्नका लागि असुरक्षित घोषणा गरिएको बताइएको छ । मत्यु हुनेमा २२ पुरुष, ८ महिला र ३ जना बालबालिका रहेको भारतीय अधिकारीले बताएका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!