क्रान्तिकारीको मतगणना जारी: अध्यक्षमा शर्मा अगाडि, कसले कति मत पाए ?

काठमाडौं, भदौं १६ । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि अहिले मतगणना जारी छ ।
जारी मत गणनामा अध्यक्षमा अनिल शर्मा रञ्जित तामाङ भन्दा ७ मतले अगाडि छन ।

प्रदेश नं.१,२,४,६,७ को गणना सकिंदा शर्माले ४०५ र तामाङले ३९८ मत प्राप्त गरेका छन । यसअघि तामाङले लिड गरिरहेका थिए । उनीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अन्य पदाधिकारीमा कसले कति मत प्राप्त गरेका छन त ?
उपाध्यक्ष
सुरेन्द्र बस्नेत -३७८
उद्वव भट्टराई -२८९
पुरन केसी – २७९
तिलक भण्डारी -२७४
दिपक देवकोटा -२७३
विजय गौतम -२१२
महासचिव
खेमवहादुर सिह-२७४
उत्तम अधिकारी-२२६
राजेश्वरी सुवेदी -२२१

कमेन्ट गर्नुहोस्

error: Content is protected !!