बसमा २० किलोभन्दा बढी सामान बोक्न प्रतिबन्ध

काठमाडौं, भदौं १६ । दशैंमा बसबाट घर जाने यात्रुले २० किलोग्राम भन्दा बढी तौल भएका झोला(व्याग) तथा सामान लान नपाउने भएका छन । यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले शुक्रवार यस्तो निर्णय गरेको हो ।

विभागका अनुसार २० किलोसम्म तौलको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन । तर २० किलोभन्दा बढी तौलको वस्तु बसमा राखेर यात्रुले लैजान पाउने छैनन । त्यो भन्दा बढी सामान लानु पर्ने भए कुरियर वा मालबहाक सवारीमा लैजान विभाग भनेको छ ।

त्यस्तै, यात्रुवाहक सवारीले व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि सामान बोक्न नपाउने विभागले जनाएको छ ।व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि बस्तु बोकेको पाइए सम्बन्धित सवारीको इजाजतपत्रसमेत खारेज गर्ने विभागले जनाएको छ । तर, व्यवसायीले भने यस्तो व्यवस्थाले उपभोक्तालाई नै असर गर्ने जनाएका छन्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!