सुर्खेत–काठमाडौं आधुनिक एयर बस सेवा अाजदेखि सुरु

सुर्खेत, १६ भदौ । सुर्खेतमा पहिलोपटक शुक्रवारदेखि आरामदायी बस सेवा एयर बस सञ्चालनमा आएको छ । १० वर्षअघि सुर्खेतबाट यातायात सेवा सुरु गरेको काँक्रेविहार यातायात बस व्यवसायी समितिले आधुनिक एयर बस सञ्चालन गर्न थालेको हो ।

यात्रुहरुको बदलिएको चाहना र मागलाई ध्यानमा राखी आरामदायी यात्राका लागि एयर बस संचालन गर्न लागेको समितिले जनाएको छ ।

यी नयाँ बसहरुमा यात्रा गर्न अरु गाडीभन्दा आरामदायी हुने दाबी समितिको छ ।४० सिटे एयर बस को सुर्खेत–काठमाडौं भाडा १ हजार ६ सय रुपैयाँ तोकिएको समितिका सचिव रमेश सापकोटाले बताए । आफूहरुले सञ्चालनमा ल्याउन लागेको गाडी सुर्खेतकै नयाँ भएको सापकोटाको दाबी छ ।

समय अनुसार यात्रुहरुको चाहनालाई ध्यान दिएर एयर बस सञ्चालन गरिएको र आउँदा दिनमा सेवालाई थप्दै जाने सचिव सापकोटाको जानकारी दिए ।

समितिले हाल सुर्खेत–काठमाडौं दिवा तथा रात्रि सेवा सञ्चालन गरिरहेको जनाएको छ ।

त्यसैगरी, सुर्खेतदेखि नेपालगञ्ज, दैलेख, जुम्ला, जाजरकोटलगायतका ठाउँमा पनि यातायात सेवा दिइरहेको सापकोटाले बताए ।

अहिले काक्रेविहार यातायात बस व्यवसायी समितिसँग रहेका १ सय ६७ वटा विभिन्न थरीका गाडीहरुले यात्रुहरुलाई सेवा दिँदै आएको सचिव सापकोटाले जानकारी दिए ।

अनलाइनखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!