फेसबुकबाट त्रिचालीस लाख ठग्ने महिला प्रहरी फन्दामा

काठमाडौं, भदौ १६ । विदेशी गिरोहसँग मिली दर्जनौँ नेपालीलाई फेसबुकमार्फत ठगी गर्ने युवती पक्राउ परेकी छन् । सोलुखुम्बु घर भई बौद्ध बस्ने ३३ वर्षीया आङलेमी शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालगायत व्यक्तिले विदेशबाट महँगो पार्सल पठाएको भन्दै फोन गर्न लगाउने र त्यसका लागि भन्सार शुल्क चाहिने भन्दै भारतबाट फोन गर्न लगाई पैसा मगाएर ठगी गर्दै आएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।

हालसम्म त्यस्तो गिरोहले ३४ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरिसकेको प्रहरीले जनाएको छ । शेर्पा एक सहकारीमा काम गर्थिन् । उनले पार्सलका लागि भनेर विभिन्न व्यक्तिले पठाएका पैसा लिएर विदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सो घटनामा धेरैजसो महिला पीडित भएका छन् । फेसबुकमा विदेशी नाममा फ्रेन्ड रिक्वेस्ट पठाउने र चिनजान गरी सम्बन्ध विस्तार गरी उनीहरूले ठगी गर्दै आएका थिए । आफू धनी व्यक्ति भएको भ्रममा पारी गिफ्ट पठाइदिने लोभमा फसाएर ठगी गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!