मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आन्दोलन जारी रहने: अध्यक्ष यादव

महोत्तरी, भदौ १६ । मधेसको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ ।

आज महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको हरेक निकायमा मधेसी समुदायको समानुपातिक सहभागिता नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभएको हो ।

अध्यक्ष यादवले संविधानमा मधेसीको पहिचान कतै पनि उल्लेख नभएकाले संविधान संशोधन अपरिहार्य भए पनि आफूहरुले आन्दोलनको अर्को रुपस्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताउनुभयो । एक अर्को प्रशंगमा उहाँले उच्च तहमा दलित नपुगेससम्म देशमा लोकतन्त्र स्थापित हुनैसक्दैन भन्नुभयो ।

त्यस अबसरमा नेपाली काँग्रेसका पूर्व गाविस अध्यक्ष महेन्द्र यादव सहित अन्य पार्टी परित्याग गरेका करिव पाँचसय कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । पार्टी अध्यक्ष यादवले उनीहरुलाई स्वागत गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!