ढुक्क हुनुहोस् चुनाव तोकिएकै समयमा हुन्छ : प्रधानमन्त्री

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघको चुनाव तोकिएको समयमै हुनेमा विश्वस्त हुन सबैलाई अपिल गरेका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले प्रदेश र संघको चुनाव तोकिएकै समयमा हुने र प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमण उपलब्धिमुलुक भएको दाबी गर्दै भ्रमणका बेला कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण, ७ नम्बर प्रदेशमा प्राविधिक शिक्षालय विस्तार, दार्चुला र डडेल्धुरा जिल्लामा महाकाली नदीमा भारतका तर्फबाट पक्की पुल निर्माणका लागि सम्झौता भएको बताएका छन् ।

यस्तै, पञ्चेश्वर परियोजनाको एक महिनाभित्र डिपिआर तयार गरेर योजना अघि बढ्ने भन्दै यसले सुदूरपश्चिम सँगै समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने दावी गरे । बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर पुगेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!