न्यूर्योकमा नेपाली चलचित्रको ब्यवसायीक प्रर्दशन हुने

बाल कृष्ण भट्ट
न्यूयोक । अमेरिकामा छरीएर रहेका नेपाली तथा भुटानी जनसमुदाय र नेपाली भाषिहरुलाई लक्षित गरी नेपाली फिल्मको न्यूर्योकमा ब्यवसायीक प्रदर्शन हुने भएको छ ।

हरेक हप्ता काठमाडौंमा रिलिज गरिएका फिल्महरुको शनिबार र आईतवार प्रर्दशन गरिने आयोजक तथा संञ्चालक पवन योन्जनले जानकारी गराएका छन् ।

हप्तामा चारवटा शो रहने बताईएको उक्तप्रदर्शनमा ६५० जना दर्शक क्षमता रहेको हलमा गरिने छ । ब्यवसायिक प्रदशनी भनिएको यहाँ नेपाली चलचित्र हेर्न दर्शकहरुलाई २० डलरको टिकट कायम गरिएको छ ।

पहिले पहिले आफूहरुले प्रदर्शन गरेको चलचित्र र त्यसबाट प्राप्त अनुभवले नै आफूहरुलाई ब्यवसायिक प्रदर्शनको आँट आएको योन्जनले हामीलाई जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!