“अन्तर्घातपछि कार्वाहीको डरले योगेन्द्र घिसिङद्वारा राजीनामाको नाटक”

ललितपुर, नेकपा माओवादी केन्द्रबाट समानुपातिक सांसद योगेन्द्र तामाङ घिसिङले राजिनामा दिएको घोषणा गरेका छन् ।

घिसिङ ललितपुर जिल्लाबाट माओवादी केन्द्रको समानुपातिक सांसद थिए । माओवादी केन्द्रको सांसद भएपनि पार्टीभित्र भने उनलाई ‘अराजक सांसद’को रुपमा आलोचन हुँदै आएको थियो । कतिसम्म भने संविधान संशोधन प्रस्तावमा पार्टीले ह्विप जारी गर्दा समेत घिसिङले त्यसको उल्लंघन गर्दै मतदान गरेनन् ।

त्यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा समेत घिसिङले मत दिएका थिएनन् । पार्टीका तर्फबाट सांसद बन्ने तर संसदीय दलको निर्णय नमान्ने घिसिङको प्रवृत्तिका कारण उनीमाथि कार्वाही गरेर निश्कासन गर्ने तयारी पार्टीले अघि सारेको थियो । “ललितपुर जिल्ला पार्टीले उनलाई यसअघि नै निष्काशन गरेको थियो” माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल भन्नुहुन्छ, “प्रदेश र जिल्लाले वहाँमाथि कार्वाहीको सिफारिस पार्टीसमक्ष गरेको थियो ।

हामीले कार्वाहीको प्रक्रिया अगाडि बढाएको बेला वहाँको राजिनामा आएको सुनियो ।” पार्टी नीति, विधिविपरीत काम गरेको भन्दै माओवादी केन्द्रको ललितपुर जिल्ला कार्यसमितिले समेत गत वैसाख २० गते घिसिङलाई पार्टी नीति, विधि विपरीत स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार उठाउने, पार्टीको हितविपरीत गतिविधि जारी राखेकोले साधारण सदस्यसमेत नरहने गरी हटाएको हो ।

माओवादी ललितपुर जिल्ला सदस्य समेत रहेका घिसिङलाई पार्टीले सांसद पदबाट समेत निष्काशन गर्ने निर्णय गरिसकेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!