मधेशको मुद्दा सम्बोधन नहुँँदासम्म आन्दोलन जारी रहन्छ : उपेन्द्र यादव

महोत्तरी, भदौ १६ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले  मधेशको मुद्दा सम्बोधन नहुन्जेलसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

बिहीबार महोत्तरीको श्रीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जवसम्म देशको हरेक निकायमा मधेशी समुदायको समानुपातिक सहभागीता हुँदैन तबसम्म आफूहरुको आन्दोलन जारी रहने बताए छ ।

अध्यक्ष यादवले संविधानमा मधेशीहरुको पहिचान कहिँ पनि उल्लेख नभएकोले संविधान संशोधन अपरिहार्य भएता पनि आफूहरुले आन्दोलनको अर्को रुप स्वरुप चुनावी मैदानमा उत्रिनुपरेको बताए  । एक अर्को प्रसंगमा उहाँले देशको उच्च तहमा जबसम्म एक दलित पुग्दैन तवसम्म देशमा लोकतन्त्र स्थापित हुनै नसक्ने अध्यक्ष धारणा राखे । – unn.com.npबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!