प्रदेश २ मा उम्मेद्वार टुंग्याउन माओवादीकाे  ढिलार्इ

काठमाडौं,भदौ १६ । असोज २ गते हुने प्रदेश २ को निर्वाचनमा माओवादी केन्द्रले अन्य दलसँग चुनावी तालमेलका कारणउम्मेद्वार घोषणामा ढिलाइ गरेको छ । मनोनयन गर्न ६ दिनमात्र बाँकी छँदा माओवादी उम्मेद्वार चयनमा छलफलकै क्रममा छ ।

माओवादीले प्रदेश नं. २ का १३६ तह एक्लै जित्न नसक्ने भएकाले तालमेलको पर्खाइमा बसेको इन्चार्ज मातृका यादवले बताए । ‘हामीले जित्न सक्ने १०७ तहमा उम्मेद्वारको टुंगो लगाइसकेका छौं,’ यादवले भने, ‘अरु करिब ३० तहका लागि तालमेल गर्नुपर्ने भएकाले उम्मेद्वार घोषणामा ढिलाई गरेका हौं ।’

माओवादीले प्रदेश नम्बर २ मा अन्या दलसँग चुनावी तालमेका लागि छलफल भइरहेको जनाएको छ । ‘हामीले तालमेलका लागि दलहरुसँग निरन्तर छलफल गरिरहेका छौं,’ यादवले भने, ‘सहमति भएमा ढिलोमा १७ भदौैसम्म सबै तहका उम्मेदवार घोषणा गरिसक्छौं ।’

माओवादीले कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)सँग तालमेल गर्ने तयारी गरेको छ । –नयाँ पत्रिकाबाट 

कमेन्ट गर्नुहोस्