त्रिशुली न्यू जेनेरेसन जर्मनीले बाल्यो बिजुली

काठमाडौं, जेठ १७ । जर्मनीको फ्रान्कफर्टमा नेपाली मूलका जर्मन नेपाली युवाहरूको संस्था ‘त्रिशुली न्यू जेनेरेसन’ ले नेपाली चलचित्र ‘बिजुली मेसिन’ को स्क्रीनिंङ्ग गरेको छ ।

नेपालको संस्कृतीलाई नेपालीमूलका जर्मन युवाहरूमा जगेर्ना गर्न र उनीहरूबीच एकता, सद्भाव र नेपाल प्रतिको मायालाई जगेर्ना गर्न बनेको उक्त संस्थाले बिजुली मेसिन एउटा पृथक र प्रेरणादायी फिल्म भएकोले आफूहरूले प्रदर्शन गरेको जनाएको छ ।

फोटोमा त्रिशुली न्यू जेनेरेसन

आफ्नो सस्थाको मान्यताहरू, समस्या देखाउने मात्र होइन केहि गरेर देखाउने, निरन्तर प्रयास गर्ने र रमाइलो पनि गर्ने कुरा फिल्म्मको मुख्य संदेशसंग मिलेको अनि आफूहरुले खोजेको जस्तै मनोरन्जन र सामाजिक संदेश पनि भएकोले पहिलो पल्ट बिजुली मेसिन जस्तो फिल्म फेला पर्दा आफूहरू खुसी भएको त्रिशुली न्यू जेनेरेसनले बताएको छ ।

स्क्रिनिंगमा फ्रान्कफर्ट वरिपरि बस्ने नेपाली युवा, केहि पाका व्यक्तिहरू, अनि केही जर्मन र अन्य अन्तरास्ट्रिय व्यक्तिहरूको उपस्थिति थियो । अंग्रेजीमा सबटाईटल भएकाले केही बिदेशीहरूको पनि उपस्थिति रहेको र नेपाली लगायत सम्पूर्णले फिल्मलाई रुचाएको संस्थाले जनाएको छ । कार्यक्रमका केहि फोटो र फिल्मको प्रतिक्रियाको भिडियो संस्थाले आफ्नो फेसबुक पेजमा राखेको छ ।

सम्बन्धित् समाचार  साउथ एसियन फिल्म फेस्टिवलको सुरुवात नेपाली फिल्म ‘बिजुली मेसिन’ बाट हुने

नविन अवालको लेखन तथा निर्देशन रहेको बिजुली मेसिन चलचित्रमा राजेश हमाल, बुद्धि तामांग, लक्ष्मी भुसाल, अविशेक सुबेदी, रेलिजा श्रेष्ठ आदि को भूमिका रहेको छ ।

निर्माण टिममा रिशव आचार्य, बिन्दु तिमिल्सिना, संजिव न्यौपाने र दिपेन बस्नेत रहेका छन् । नेपालको पहिलो बिज्ञान सम्बन्धि कथा भएको चलचित्र मानिएको बिजुली मेसिनमा दुइ जिम्मेवार नागरिकको सामाजिक कथा प्रस्तुत गरिएको छ चलचित्रमा बिज्ञान सम्बन्धि परामर्श सन्तोष लामिछानेले प्रदान गरेका हुन् ।

“बिजुली मेसिन” केही महिनाअघि डिसेम्बर ०२, २०१६ मा नेपालमा प्रदर्शनमा आएको थियो । उक्त चलचित्रलाई अधिकांस समिक्षकहरूले रुचाएका थिए ।

त्रिशुली न्यू जेनेरेसन जर्मनीको बिजुली स्क्रिनिगको भिडियो-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: