आलिया भट्टलाई ज्यान मार्ने धम्की दिने पक्राउ

फागुन १९ । बलिउड अभिनेत्री आलिय भट्टलाई ज्यान मार्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बब्लु श्रीवास्तवको नामबाट आलिया र उनका बुवा निर्देशक महेश भट्टलाई ती युवाले ज्यान मार्ने धम्की दिँदै आएका थिए । ती युवाले आलियासँग ५० लाख भारतीय रुपैयाँ आफ्नो बैंक खातामा जमा नगरे मार्ने बताएका थिए ।

धम्की दिने २४ वर्षीय युवकले सन् २००४ देखि २०१० सम्म एउटा कपडाको पसलमा सेल्सम्यानको काम गरेको र त्यसपछि कलेक्शन एजेण्टका रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।

आरोपीको लोकेशन ट्रेस गरेर धम्की दिएको केही समयमा नै उक्त युवकलाई पक्राउ गरेकोमा निर्देशक भट्टले मुम्बई प्रहरीलाई धन्यवाद दिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!