राप्रपाको केन्द्रीय सदस्य पदमा निर्वाचित रेखा खुशीयाली मनाउँदै

ढिलै भएपनि सांसदकाे चुनाव लड्ने : रेखा

काठमाडौं, फागुन १८ । भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी अभिनेत्री रेखा थापाले फिल्म पत्रकारहरुसँग छुट्टै खुसीयाली मनाइन् । उनी महिलातर्फ सर्वाधिक दोस्रो मत ल्याएर विजयी भएकी थिइन् ।

उनलाई फरक राजनीतिक आस्था राख्ने कलाकारहरुले पनि चुनाव जितेकोमा बधाई दिए । त्यसो त गत माघमै उनलाई राप्रपाले सदस्यमा मनोनित गरेको थियो तैपनि पहिलो राजनीतिक विजयको स्वाद गजबकै हुन्छ ।

पत्रकारहरुले उनलाई आसन्न स्थानीय निर्वाचनमा कुनै राम्रो सहरको मेयर पदमा उठ्न सुझाए । उनले छिट्टै चुनावमा ओर्लिने बताइन् । तर, उनलाई स्थानीयभन्दा संसदीय चुनावमा चाहना रहेछ ।

ढिलै होस् सांसद नै बन्ने गरी चुनाव लड्ने उनले बताइन् ।

स्मरण रहोस्, उनलाई दोस्रो संविधानसभाको चुनावमा माओवादीले पर्सा क्षेत्र नं.१ बाट टिकट दिने लगभाग पक्का जस्तै भएको थियो । तर, मतदाता नामावलीमा नाम दर्ता नगराएकीले उनी टिकट पाउनबाट वञ्चित भएकी थिइन् ।

सायद उनी उक्त तुष राप्रपाबाट मेटाउन चाहन्छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!