चैत ११ गतेदेखि आउनेभयो ‘लप्पन छप्पन’ !

काठमाडौं, फागुन १७ । नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन’ आगामी चैत ११ गतेबाट प्रदर्शनमा अाउने भएको छ । यस चलचित्रका निर्देशन मुकुन्द भट्टले  अधिराज्यभरीका दर्शकमाझ चैत्रको दोस्रो हप्तामा रिलिज गराउने बताए ।

चलचित्रमा नेपाली दर्शकले निकै रुचाएका दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेकाे छ । चलचित्रको छायांकन सकिएको निर्देशक भट्टले जानकारी  दिए ।

त्यस्तै फिल्मको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई पनि दर्शकहरुले रुचाईरहेका छन् ।

फिल्मको निर्माण टिमले फिल्मको नयाँ गीत रिलीज गरेका छन् । केहि दिन अघी मात्र सार्वजनिक गरिएको ‘लैजाऊ माया पोको पारेर’ बोलको गीतलाई पनि दर्शकहरुले औधी रुचाईरहेका छन् । फिल्मको सो गीतले युट्युवमा दर्शकहरुको राम्रो साथ पाईरहेको छ ।

दीपक आर.जे को शब्द संगीत तथा निश्चल बस्नेतको आवाजमा रहेको ‘लैजाउ माया पोको पारेर’ गीतलाई राम्रो दर्शकहरुको साथ मिलिरहेको छ । फिल्मको जुकेबक्स पनि सार्वजनिक भएको छ ।

पछिल्लो दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको यस फिल्मको गीत संगीत पनि अब्बल साबित भईरहेको छ । फिल्मको प्राय दृश्य युरोपका प्रसिद्ध देशहरु बेल्जियम, स्विजरल्याण्ड, नेदरल्याण्ड, फ्रान्स, लग्जम्बर्ग लगाएतका ठाउँहरुमा छायांकन गरिएको छ । दर्शकहरुले बिदेशका विभिन्न रमणीय दृश्यहरुको आनन्द पनि लिन पाइन्छ ।

बिगत ३ वर्षदेखि नेपाली फिल्मलाई सुक्ष्म तरिकाले अध्ययन गरेर युवा सक्षम तथा अनुभवी फिल्मकर्मीहरुको टिम बनाएर उक्त चलचित्र बनाएको भट्टले दाबी गरेका छन् ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, वर्षा शिवाकोटी, प्रकाश जंग शाह, सिड खरेल, देवु श्रेष्ठ, राजु लामा लगाएतका कलाकारहरुको भूमिका देख्न पाइन्छ ।

फिल्मलाई गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्मसका डम्बर चन्दले निर्माण गरेका हुन् । फिल्मको सह निर्माताको रुपमा इन्द्र प्रसाद खरेल र कार्यकारी निर्मातामा सहदेव गौतम रहेका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । त्यस्तै फिल्ममा चन्द्र पन्तको द्वन्द निर्देशन रहेको छ । फिल्मको बजार ब्यावस्थापनको जिम्मा गोबिन्द शाहीले लिएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!