रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

फागुन १६ । वरिष्ठ कलाकार तथा साहित्यकार रामशेखर नकर्मीको सोमबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित नकर्मीको ८० वर्षको उमेर निधन भएको हो ।

उमेरमा निधन भसोमबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ । बहुआयामिक प्रतिभाका धनी रामशेखरले आफ्नो जीवनको ६ दशक हास्यव्यंग्य लेखनमा बिताएका थिए ।

नाट्य एवं हास्यव्यंग्य क्षेत्रमा विशिष्ट योगदान गरेका नकर्मीका उपन्यास, कथा नेपालभाषामा स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश छन् ।

उनले व्यंग्य लेखनमात्र नगरी आफैंले लेखेका प्रहसनहरुको निर्देशनका साथै त्यसमा अभिनयसमेत गरेका थिए ।

नेपाल भाषाका थुप्रै टेलिसिरियल, फिल्ममा अभिनय, लेखन तथा निर्देशन गरेका उनले कवि दुर्गालाल श्रेष्ठसँग संयुक्तरुपमा नेपालभाषाको फिल्म ‘राजमति’को लेखनसमेत गरेका थिए ।

उनले मह जोडीको ‘१५ गते’ र ‘लक्ष्मी’लगायत नवीन सुब्बाको बहुप्रशंसित टेलिसिरियल ‘दलन’ तथा ऐतिहासिक पृष्ठभूमिमा बनेको चलचित्र ‘वीर गणेशमान’समेतमा अभिनय गरेका थिए । उनका चार छोरा र चार छोरी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!