‘मुनलाइट’ लाई अस्करको सर्वाेत्कृष्ट फिल्म अवार्ड, क –कसले पाए अवार्ड !

फागुन १६ । यस वर्षको अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधी ‘मुनलाइट’ले प्राप्त गरेको छ ।

अमेरिकामा सम्पन्न भएको उक्त कार्यक्रममा उत्कृष्ट अभिनेताको उपाधि ‘म्यान्चेस्टर बाइ द सी’ बाट अभिनेता क्येसी याफ्लेले जितेका छन् भने ‘ला ला ल्याण्ड’बाट एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको उपाधि जितेकी छन् । ‘ला ला ल्याण्ड’ फिल्मका लागि डेमियन स्येजल उत्कृष्ट निर्देशकमा पुरस्कृत भए ।

त्यस्तै वर्षको उत्कृष्ट फिल्म अस्करका लागि पनि ‘ला ला ल्याण्ड’ चुनिएको थियो, तर त्यो भने गलत भएकाले तत्कालै सच्चाइएको थियो ।

उत्कृष्ट एनिमेटेड चलचित्र जुटोपिया रहेको छ भने एनिमेटेड सर्ट फिल्मको उपाधी पाइपरले जितेको छ ।

बेष्ट सपोर्टिङ एक्टरको उपाधि पहिलो पटक मुस्लिम समुदायका नायक महेरशालाले ‘मुनलाईट’बाट जितेका छन् ।

त्यस्तै सपोर्टिङ रोल महिलातर्फ फिल्म ‘फेसेज’ बाट कविओला डेबिसले जितेकी छिन् । चलचित्र जंगल बुकले बेष्ट भिजुएल इफेक्ट्सको उपाधी पाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!