‘लुट–२’को आक्रामक व्यापार ! दुई दिनमा कमायो तीन करोड, ‘छक्का पञ्जा’ को रेकर्ड ब्रेक

काठमाडौं, फागुन १५ । नेपाली चलचित्र उद्योगमा सबैभन्दा छिटो धेरै कमाउने चलचित्र बनाएर ‘लुट–२’ रेकर्ड बनाएको छ । प्रदर्शनमा आएको दुई दिनमा ३ करोड ग्रस कलेक्सन गरेर चलचित्रले यसअघि छक्कापञ्जाले राखेको रेकर्ड पनि तोडेको छ ।

फागुन १३ गते शुक्रबार रिलिज भएको ‘लुट–२’ ले सुरुवाति दुई दिनमै तीन करोडको कारोबार गर्दै दुई दिनमा अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको हो । काठमाडौंका सबै हलहरु र काठमाडौं बाहिरका ८० वटा हलमा चलिरहेको फिल्मले काठमाडौंबाट शनिबार मात्रै एक करोड ५० लाखभन्दा माथिको व्यापार गरेको यसका निर्माता नरेन्द्र महर्जनले बताए ।

निश्चल बस्नेतको निर्देशन अनि नरेन्द्र महर्जन र माधव वाग्लेको निर्माण रहेको ‘लुट–२’ मा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, विपिन कार्की, सिर्जना सुब्बा, प्रतिकराज न्यौपाने लगायत कलाकारको मुख्य भूमिका छ यसअघि छक्का पञ्जाले दुई दिनमा एक करोड ७५ लाखको ग्रस कलेक्शन गर्दै सुरुवाति दुई दिनमा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो । तर ‘लुट–२’ ले दुई दिनमा तीन करोड भन्दामाथिको ग्रस कलेक्सन गरेपछि नयाँ रेकर्ड राखेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!