‘लुट–२’ : हाउसफुल हलहरु

फागुन १४ । निश्चल बस्नेतद्वारा निर्देशित नेपाली फिल्म ‘लुट २’को बम्पर ओपनिङ  गरेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको उक्त फिलिमले राजधानीका अधिकांश मल्टिप्लेक्स अनि सिंगल स्कृन हलहरुमा हाउसफूल बनेका छन् ।

राजधानी तथा बाहिरका मुख्य सहरहरु नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोडलगायतका स्थानका हलहरुमा पनि चलचित्रले उत्तिकै सफलता पाएको निर्माण पक्षले जनाएको छ ।

बर्ष २०७३ कै सर्वाधिक प्रतिच्छित फिल्म बनेको माधव वाग्लेको ‘लुट–२’ को ओपनिङ डे कलेक्शन नै अहिलेसम्मकै फिल्मको रेकर्डमै सबैभन्दा बढी भएको बताइएको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, एलिशा राई, कर्मा शाक्य, कामेश्वर चौरासिया, विपिन कार्की, सुशिल पाण्डे, ऋचा शर्मा लगायत लिड अभिनयमा छन् ।

फिलिम ‘लुट’ काे सिक्वेल बनाइएकाे हाे । शनिबार अनि आइतबार पनि लगातार परेको विजनेसले फिल्मको पहिलो तीन दिने कलेक्शन ३ करोड बढिको हुनसक्ने अनुमान छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!